Logo

बुढानिलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका उद्धव खरेल विजयी



cpn-uml-1

काठमाडौं ९ जेठ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका उद्धव खरेल विजयी हुनुभएको छ ।  खरेलले १३ हजार २ सय ४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु श्रेष्ठले आठ हजार ९ सय २७ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

उपप्रमुखमा एमालेकै रमा राई विजयी हुनुभएको छ । उहाँले १३ हजार १८८ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शुभद्रा खड्काले ९ हजार ७६८ मत प्राप्त गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot