Logo

नेपालको राष्ट्रिय खेल अब भलिबल



काठमाडौं, ९ जेठ। सरकारले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपालको राष्ट्रिय खेल भलिवल निर्धारण गर्ने निर्णय गरेको हो । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले प्रस्ताव लगेको थियो ।

डण्डिबियो र कबड्डीले आफूलाई राष्ट्रिय खेलको दावी गरेपनि सरकारी स्तरबाट नेपालको राष्ट्रिय खेल अहिलेसम्म टुंगो लागेको थिएन ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot