Logo

प्रहरी सवार गाडी दुर्घटनामा मृत्यु



सुर्खेत, ९ जेठ । कालीकोटबाट सुर्खेत आउँदै गरेको प्रहरी सवार गाडी दुर्घटना हुँदा रुकुम घर भएकी प्रहरी जवान तारा चन्दको मृत्यु भएको छ भने २५ प्रहरी घाइते भएका छन् ।

सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगर– १४ साउनेपानीमा ना १ ग ४७६ नं को मिनी जिप आज बिहान सडकबाट अन्दाजी २०० मि तल खसेको ट्राफिक प्रहरी चौकी छेडाका ट्राफिक प्रहरी गोपाल बोहराले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार जिप अनियन्त्रित हुँदा दुर्घटना भएको हो । घाइतेको वीरेन्द्रनगरको देउती अस्पताल र क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot