ललितपुर, ९ जेठ । ललितपुर महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार नेपाली काँग्रेसको अग्रता कायमै छ ।
महानगरका प्रमुख पदका उम्मेदवार काँग्रेसका चिरीबाबु महर्जनले २४ हजार ३५१ र नेकपा (एमाले)का हरिकृण व्यञ्जनकारले २४ हजार १०२ मत प्राप्त गर्नुभएको छ ।
जम्मा २९ वडा रहेको महानगरमा २८ वटा वडाको अन्तिम परिणाम आइसकेको छ । अहिले २९ वडाको मतगणना जारी छ । यो वडामा एक हजार ४९६ मतदाता रहेकामा एक हजार ३२६ मत खसेको थियो ।
कुल एक लाख १२ हजार ९२३ मतदाता रहेको महानगरपालिकामा ८९ हजार २१४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् ।
यसअघि गणना विवादले रोकिएको ललितपुरको मतगणना सर्वदलीय बैठक बसेर केहिबेर अघिदेखि पुनः सुरु भएको हो ।
रासस