Logo

तामाङ महिलाले पहिलो पटक गरिन् सगरमाथा आरोहण



काठमाडौँ, ९ जेठ । तामाङ समुदायको पहिलो महिलाका रुपमा कान्छीमाया तामाङले सगरमाथा आरोहण गर्नुभएको छ ।

सिन्धुपाल्चोककी तामाङले यही जेठ ६ गते बिहान ६ बजे सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको हो ।

आज यहाँ आयोजित पत्रकारसम्मेलनमा तामाङले मानव बेचबिखन र खेलकुदजगत्मा लैङ्गिक असमानताविरुद्धको सन्देश विश्वभर पु¥याउने उद्देश्यले आफू सगरमाथा चढेको बताउनुभयो ।

फर्किंदा आफ्नो ‘अक्सिजन सिलिन्डर’ चोरिएका कारण धेरै समस्या भए पनि आफ्नो टोलीका प्रमुख पेम्बादोर्जे शेर्पाको सहयोगका कारण सकुशल आउन सफल भएको अनुभव सुनाउनुभयो ।

आरोहणका क्रममा धेरैपटक अप्ठेरो परे पनि आफ्नो समुदाय र उद्देश्यलाई सार्थकता दिन ३२ दिनको यात्रापछि चुचुरोमा पुगी फर्किएर आएको जानकारी दिनुभयो । तामाङको टोलीप्रमुख रहेका १६ पटक सगरमाथको आरोहण गरेर चारओटा विश्व कीर्तिमान कायम गर्नुभएका शेर्पाले तामाङ समुदायबाट कान्छीमाया तामाङले सगरमाथा चढेपछि सो समुदायका अन्य महिलाका लागि पनि आरोहणका लागि बाटो खुलेको बताउनुभयो ।


युएन ओमन, नागरिक समाजका सदस्य डा गणेश गुरुङले आरोही तामाङ सगरमाथा चढ्ने भन्दै आएपछि आफूले सहयोगका लागि ‘युएन ओमन’को सम्पर्कमा लगिदिएपछि त्यसले अहिले सार्थकता पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ छिरिङ शेर्पाले नेपालको पहिचान नै हिमाल भएकाले त्यसको संरक्षण र संवद्र्धनमा राज्यले विशेष चासो दिनुपर्ने धारणा राख्नुभयो । ‘युएन ओमन’लगायत विभिन्न सङ्घसंस्थाको सहयोगमा उहाँले सगरमाथा आरोहण गर्नुभएको पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्