चितवन, १० जेठ । माओवादी/कांग्रेस गठबन्धनमा भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार बनेकी रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीसँगको मत अन्तर घटाउँदै लगेकी छन्।
१२ नम्बर वडाको मतगणना सकिँदा ३८ सय नाघेको रेणु र देवीबीचको अन्तर १३ नम्बर वडा सकिएर २६ नम्बर वडाको मत गणना भइरहँदा २८ सय १५ मा झरेको छ।
बिहान साढे ७ बजेसम्मको मत परिणामअनुसार देवीले २७ हजार ८ सय ३२ र रेणुले २५ हजार १७ मत ल्याएका छन्। २६ नम्बर वडाको अध्यक्षमा माओवादी उम्मेदवारले १२०९ र कांग्रेस उम्मेदवारले १०९१ मत ल्याएका छन्। यस वडामा माओवादी उम्मेदवारलाई एमालेको समर्थन छ।