काठमाडौं, १० जेठ । प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ बर्षदेखि हुन नसकेको स्थानीय तहको पहिलो चरणको चुनाव शान्ति र निष्पक्षरुपमा सम्पन्न गराएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालको उच्च प्रशंसा गरेका छन् ।
कांग्रेस सभापति देउवाले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी १० महिनाको दाहाल नेतृत्वको सरकारले शान्ति स्थिरता कायम गरी विकास निर्माणका काम अघि बढाई उच्च आर्थिक बृद्धिदर हासिल गरेकोमा बधाई दिए हुन।
कांग्रेस र माओवादी केन्द्रबीचको सहमति अनुसार दाहाल नेतृत्वको सरकारले हाँसिल गरेको ऐतिहासिक उपलव्धिका लागि सहयोग गर्ने सबै राजनीतकि दल र नेपाली जनतालाई समेत उनले विशेष धन्यवाद दिएका छन ।
उनले कांग्रेस र माओवादी केन्द्रबीचको सहमति अनुसार भविष्यमा पनि यहि गठबन्धनले निरन्तरता पाउने उल्लेख गर्दै दुई दलबीचको समझदारी अनुसार राजीनामा दिएकोमा पनि दाहाललाई धन्यवाद दिए ।
त्यस्तै उनले सरकार परिवर्तनका कारणले जेठ ३१ गते हुने दोस्रो चरणको चुनावलाई कुनै नकारात्मक प्रभाव नपार्ने भन्दै ढुक्क रहन सबैमा आग्रह गरेका छन ।