Logo

आर्थिक समृद्धिका लागि पर्यटन विकासमा जोड : महासचिव पोखरेल



काठमाडौँ, १० जेठ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले देशको आर्थिक समृद्धिका लागि पर्यटनको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।

नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले आज यहाँ आयोजना गरेको ‘तराई–मधेसमा पर्यटन विकास र प्रवद्र्धन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले पर्यटनको विकास गर्न सके देशको मुहार नै फेर्न सकिने धारणा राख्नुभयो ।

“जनकपुर, गढीमाई, सिम्रौनजस्ता तराईमा पर्यटकीय सम्भावना भएका क्षेत्र छन्”– उहाँले भन्नुभयो– “ती क्षेत्रको विकास गर्नमा ध्यान पु¥याउनसके पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।”

कार्यक्रममा सङ्गठनका प्रदेश नं २ का संयोजक विजयकुमार दत्तले ‘तराई–मधेसमा रहेको पर्यटकीय क्षेत्रको सम्भाव्यताबारे कार्यपत्र प्रस्तुत गर्दै सरकारले पर्यटन विकासमा चासो नदिएकाले तराई–मधेसमा रहेको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न नसकिएको बताउनुभयो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य डा वंशीधर मिश्रले पर्यटन भित्र्याउनका लागि हुलाकी राजमार्ग, बारा अन्तर्राष्ट्रिय विमानस्थलजस्ता ठूलो आयोजना चाँडो निर्माण गर्नुपर्ने विचार व्यक्त गर्नुभयोे । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot