Logo

छायाङ्कनमा रेखाको ‘रुद्र प्रिया’



काठमाडौं, ११ जेठ । रेखा फिल्समको व्यानरमा निर्माण चलचित्र ‘रुद्रप्रिया’को शुभमुहर्त गरिएको छ। बिहिबार  खड्गदेवी मन्दिरमा पुजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो।

अभिनेत्री रेखा थापाले रुद्रप्रियालाई लिएर निकै उत्साहित रहेको बताएकी छिन्। चलचित्रमा अर्जुन पोख्रेल, राजनराज शिवाकोटी र सुरेश अधिकारीको संगीत रहने छ। कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्रलाई संजय लामाले खिच्नेछन्। बन्दीपुर, पोखरा, काठमाण्डौ र चरिकोटमा ४० दिन लगाएर चलचित्र खिचिने रेखाले बताईन्।

सुदीप भूपाल सिंहको निर्देशनमा तयार हुन लागेको चलचित्रमा रेखा थापा र आर्यन सिग्देल मुख्य भूमिकामा छन्। ७ बर्षपछी आर्यन र रेखा एकसाथ जोडिएको चलचित्र निकै चासोको बिषय समेत बनेको छ। ‘कसले चोर्यो मेरो मन’ पछी दर्शकले पुन यो जोडीलाई पर्दामा एकसाथ देख्न पाउन लागेका हुन्। सरस्वती थापा निर्माताको रुपमा रहेको चलचित्रमा रमेश पौडेल कार्यकारी निर्माता हुन्।

थापा भन्छिन्, ४० दिन लगाएर चलचित्रको छायाँकन सक्ने लक्ष्य राखेका छौ। माथि उल्लेखित ठाउँ बाहेक खप्तड अथवा दुवईमा कुनै एक गीतको छायाँकन गर्ने लक्ष्य राखेका छौ।’ चलचित्र कार्तिक २ गते लक्ष्मीपूजाको दिन रिलिज हुने तयारीमा रहेको छ।



प्रतिक्रिया दिनुहोस्