Logo

पोखरामा एमाले जित निश्चित, चितवनमा रेणुको मतअन्तर घट्दै



काठमाडौं १२ जेठ । भरतपुर महानगरपालिका मेयरमा एमालेका देवी ज्ञवालीको अग्रता कायमै छ । तर माओवादीका उम्मेदवार रेणु दाहालको अन्तर घट्दै गएको छ । ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा १२ सय मतले अघि छन् । १ लाख ११ हजार ९ सय ७ मत खसेकोमा अब २७ हजार मत गणना हुन बाँकी छ । पछिल्लो परिणाम अनुसार ज्ञवाली – ३३ हजार १ सय ६४ र दाहाल – ३१ हजार ७ सय ६५ मतका साथ प्रतिस्पर्धामा छन् । पोखरामा भने एमालेको जित निश्चित भएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको पछिल्लो परिणाम अनुसार मेयर, उपमेयरमा नेकपा एमालेका उम्मेदवार जीत निजक पुगेका छन् । १० बजेभित्र अन्तिम परिणाम आउनेछ । करिब ३७ सय मत गन्न बाँकी रहँदा एमालेका मानबहादुर जिसीले – ५५ हजार ५ सय ४७ र कांग्रेसका रामजी कुवरले ४२ हजार ४ सय ४० मत पाएका छन् । एमाले विजयी जुलुसको तयारी गरिसकेको छ । शनिबार विजय जुलु मनाउन एमाले अध्यक्ष केपी शर्मा ओली पोखरा जाने छन् । उपमेयरमा मञ्जुदेवी गुरुङ ४९ हजार ३ सय ५ र कांग्रेसका सरस्वती गुरुङको ३९ हजार २ सय ५० मत छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot