Logo

देउवा नेतृत्वको सरकारमा अहिलेका मन्त्री खड्कालाई दोहोर्याउने तयारी



काठमाडौं, १२ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वबाट राजीनामा दिएलगत्तै सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई सरकार गठनको बाटो खुलेको छ।

कांग्रेस र माओवादी केन्द्रवीच सहमति भए अनुसार नै प्रचण्डले पदबाट राजिनामा दिएका हुन् । अबको प्रधानमन्त्री कांग्रेस सभापति देउवा बन्ने पक्का भएको छ । देउवा प्रधानमन्त्री यही जेठ २० गते बन्ने करिब करिब निश्चित भएको छ। ीहजो राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय प्रधानमन्त्रीको लागि आह्वान गरिसकेकी छिन् । राष्ट्रपतिले दिएको सहमतीय प्रधानमन्त्रीको समय एक हप्ताको लागि हो । यो एक साताभित्रपनि सहमति अनुसार प्रधानमन्त्री चयन नभए बहुमतीय प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुन्छ । यसरी हेर्दा देउवा अब २० गते प्रधानमन्त्रीमा चयन हुने पक्का भएको छ।

तर यही वीचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले खडा गरेको अनेक अड्चन र वाधालाई पार गर्दै सत्तारुढ दलहरु जारी गठवन्धनलाई अझ मजवुत बनाउँदै जान समेत सहमत भएका छन्। यो सहमतिसँगै अब बन्ने सरकारमा कुन–कुन दल सहभागि हुने र को को मन्त्रीमण्डलमा सहभागि हुने भन्ने गृहकार्य पनि दलहरुले शुरु गर्न थालेका छन्।
कांग्रेस सभापति देउवाले यसपटक सकेसम्म चुस्त, दुरुस्तसहितको छोटो टिम बनाएर जाने सोचेका छन् । नेपाली काँग्रेसको नेतृत्वमा बन्ने सरकारमा अहिले सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र मुख्य साझेदार हुनेछ।

प्रचण्ड नेतृत्वको सरकारको उत्तरार्द्धतिर सरकारमा सहभागी भएको नेपाल लोकतान्त्रिक पार्टी पनि सरकारको अर्को महत्वपूर्ण हिस्सा रहनेछ। त्यस्तै केहि दिन मात्र सरकारमा रहेर बाहिरिएको राप्रपा पनि स्थानिय तहको पहिलो चरणको चुनाव पछि आत्मसमिक्षा गर्दै फेरि सरकारमा आउन सक्ने आँकलन सत्तारुढ गठवन्धनको छ।

दोस्रो चरणको चुनावपछि मधेश केन्द्रीत दलहरु पनि सरकारमा सहभागि हुनसक्ने विश्लेषण काँग्रेस माओवादीका नेताहरुको छ। हुन त राजपाले आफूहरु सरकारमा नजाने भन्दै यसअघि नै प्रष्ट पारिसकेको छ ।

सरकारमा सहभागि हुने दलका बारेमा चर्चा भइरहँदा काँग्रेसबाट सरकारमा जानेहरुको नामको पनि चर्चा सुरु भएको छ। माओवादी नेतृत्वको सरकारमा जाँदा धेरै मन्त्रालय पाएको काँग्रेसले आफै नेतृत्वको सरकारमा अरुलाई ल्याउँदा अरुलाई मनाउनुपर्ने वाध्यता आउने छ। यो अवस्थामा पनि सरकारमा पठाउने मन्त्रीहरुको टुङगो लगाउनुपर्ने वाध्यतामा भने काँग्रेस छ।
देउवाले आफू नेतृत्वको सरकारमा यसअघि प्रचण्ड नेतृत्वमा रहेको सरकारमा राम्रो काम गरेको भनेर जनस्तरमा समेत लोकप्रियता कमाएका केही मन्त्रीहरुलाई पनि दोहोर्याउने बुझिएको छ ।

जसअनुसार देउवाका अत्यन्तै विश्वासिला नेता एवम् अहिलेका सरसफाई तथा खानेपाली राज्यमन्त्री दिपक खड्कालाईपनि दोहोर्याउने संभावना बढेको छ । अर्का उद्योगमन्त्री नविन्द्रराज जोशी, स्वास्थ्यमन्त्री गगन थापा र उर्जामन्त्री जनार्दन शर्मालाई सोहि मन्त्रालयमै दोर्होयाउन सम्वन्धित पार्टीमा नागरिकस्तरबाट दवाव छ।

राज्यमन्त्री खड्काले पछिल्लो समय जनताको मन जित्ने काम गरेकोले पार्टीभित्र र बाहिरपनि उनलाई फुल मन्त्री बनाएर देउवा सरकारमा लैजानुपर्ने दबाब आएको छ । स्वयम् सभापति देउवालेपनि आफू नेतृत्वको सरकारमा मन्त्री खड्कालाई लैजाने तयारी गरेको उच्च स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्