Logo

बन्दना र खुमनको स्वरमा ‘सुशेली मलुङग खोलाको’



काठमाडौं, १२ जेठ । नेपाली संगीतको विकासमा हरेक कलाकार, कलाकर्मी र गायक सर्जकहरूको महत्वपूर्ण भूमिका रहँदै आएको सत्य हो ।
पछिल्लो समयमा निक्कै व्यस्त गायिका बन्दना पाण्डे र चर्चित गायक खुमन अधिकारीको सुमधुर आवाजमा देवी प्रसाद खनालको ‘सुशेली मलुङ्गा खोलाको’ बोलको गीत बजारमा आएको छ।

गायिका बन्दना पाण्डे आजका दिनसम्म प्राय जसो चलेका गायकसँगै गीत गाउँने गरेको स्विकार गर्छिन् । खुमन अधिकारी ,भागिरथ चलाउन, मौसम गुरुङ जस्ता लोक दोहोरी गीतसंगीतका हस्तीसँगको सहकार्यमा बन्दनाले आफ्नो सांगीतिक यात्रा अघि बढाउँनु पाउँनु आफुलाई सौभाग्य सम्झिन्छन् ।

निगाली चोयाले, भेटेरै रुम्लानी, जोडि मिल्ने हाम्रो, मन खोलेर बोलन, चोली फेर्छु बरु बोली फोर्दीन, जस्ता उत्कृष्ठ गीतका भाकामा सुमधुर आवाज दिईसकेकी पाण्डे रोधीमा जमेर गीत गाउँने क्षमता राख्छिन् ।

सुशेली मलुङ्गा खोलाको बोलको गीतमा देवी प्रसाद खनालको शब्द, खुमन अधिकारी र जे.के.अधिकारीको लयमा तयार भएको गीतलाई आशिष म्यूजिक प्रा.लिले बजार व्यवस्थापन गरेको छ।

शंकर विसीको निर्देशन तथा राजेश घिमिरेको छायांकन रहेको उक्त गीतको सम्पादन नबिन घर्ती मगरले गरेका हुन् । शंकर विसी र पार्वति राईको अभिनय रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्