Logo

पहिलो चरणको निर्वाचनमा नेपाल परिवार दल दसौँ स्थानमा



इटहरी, १२ जेठ । नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री एकराज ढकालले शान्तिपूर्ण ढङ्गले समृद्धशाली नागरिक भएको नेपाल निर्माणका पक्षमा व्यापक जनमत तयार गर्ने उद्देश्यका साथ पार्टीले निर्वाचनमा भाग लिएको बताउनुभएको छ ।

अध्यक्ष ढकालले आज सुनसरीको इटहरीमा प्रदेश नं १ को पार्टी प्रशिक्षण तथा पार्टीको नीति तथा कार्यक्रमका विषयमा प्रशिक्षण दिने क्रममा पहिलो चरणमा निर्वाचन भएका प्रदेशमा आफ्नो पार्टी कम्तीमा दसौँ स्थानमा आउन सफल भएकामा सन्तोष व्यक्त गर्नुभयो ।

अध्यक्ष ढकालले जसरी भए पनि देशलाई छाडापन प्रवृत्तिबाट मुक्त गर्दै जननिर्वाचित पदाधिकारीसहितको स्थानीय तह बनाउनका लागि राज्यले अघि सारेको निर्वाचनसम्बन्धी कार्यक्रममा पार्टीले इमान्दारीका साथ भाग लिने बताउँदै सबैलाई निर्वाचनमा सक्रिय हुन निर्देशन दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्