Logo

यस्तो छ चितवनको ताजा परिणाम



चितवन १४ जेठ । भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले अग्रता कायम रहेको छ । तर मतगणना अन्तिम चरण तर्फ पुग्दै गर्दा रेणु दाहालको मतअन्तर भने घट्दै गएको छ । वडा नम्बर १८ को मतगणना सकिँदा देवी ज्ञावली माओवादी केन्द्री मेयर पदकी उम्मेद्वार रेणु दाहाल भन्दा १२ सय १९ मतले अघि छन् । वडा नम्बर १८ वडा अध्यक्षसहित तीन सदस्यमा कांग्रेस विजयी भएको छ भने एक सदस्यमा एमालेका उम्मेद्वार विजयी भएका छन् । उपमेयरमा भने कांग्रेसकी पार्वती शाहको अग्रता कायम छ । अब वडा नम्बर १९, २० र २१ को मत गन्न बाँकी छ । ती सबै वडामा कांग्रेसको वचस्र्व छ ।
बिहानसम्म एमालेका ज्ञवालीको – ३९ हजार ५ सय ८५ र माओवादी–कांग्रेस गठबन्धन दाहालको पक्षमा ३८ हजार ३ सय ६६मत रहेको छ ।



प्रतिक्रिया दिनुहोस्