Logo

काठमाडौं महानगरपालिकाको उपमेयरमा कांग्रेसकी खड्गी विजयी (फोटोफिचर)



काठमाडौं, १४ जेठ । प्रमुुख दल नेपाली कांग्रेसकी हरिप्रभा खड्की काठमाडौं महानगरपालिकाको उपमेयरमा निर्वा्चित भएकी छन् ।

१३ दिनसम्म चलेको मत गणना शनिबार मध्यरातमा सकिएपनि औपचारिक घोषणा आइतबार विहान मात्र भएको छ । मेयरमा भने एमालेका विद्यासुन्दर शाक्य विजयी भईसकेका छन् ।
खड्गीले निकटमत प्रतिद्वन्द्वीलाई २४ हजार बढी मतान्तरले पराजित गरिन् । यो पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले हात पारेको सबैभन्दा ठूलो मतान्तर हो ।

तर, काठमाडौंको उपमेयरमा खड्गीले भने २४ हजार बढी मतान्तरले जित हात पारेकी छन् । खड्गीले ५८ हजार ९५२ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाए । उनलाई एमालेको पनि समर्थन थियो ।

तेस्रो स्थानमा रहेकी साझा पार्टीकी निरुपमा यादवले ११ हजार ५३३ मत पाइन् ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्