Logo

एउटै चुनाव चिह्नबाट चुनाव लड्न मधेवादी शक्तिसँग आह्वान



पर्सा, १४ जेठ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एउटै चुनाव चिह्नबाट चुनाव लड्न सबै मधेवादी शक्तिसँग आह्वान गर्नुभएको छ ।

सङ्घीय समाजवादी फोरमद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेस विरोधी शक्तिलाई पराजित गर्न सबै मधेसवादी शक्ति एक हुन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष यादवले लामो समयदेखि स्थानीय निर्वाचन नभएकाका कारण स्वास्थ्य, शिक्षाको स्तर खस्किएको र भ्रष्टाचार मौलाउँदै गएकाले स्थानीय निर्वाचन सम्पन्न भएपछि भ्रष्टाचार अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गद्दीले स्थानीय तह निर्वाचनमा फोरम नेपाल सहभागी भई मधेस मुुद्धाबाट पछाडि नहटेको प्रस्ट पार्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot