काठमाडौं, १५ जेठ । अर्थमन्त्री कृष्णबहादुर महराले आर्थिक वर्ष २०७४/७५ को बजेट आज व्यवस्थापिका संसदमा प्रस्तुत गर्दैछन्।
पशुपति र लुम्बिनी क्षेत्रको गुरूयोजना कार्ययोजना तयार गर्नका लागि २ अर्व १३ करोड बिनियोजन गरिएको छ । डोल्पा र हुम्ला सदरमुकामलार्इ सडक सञ्जालमा जोड्न ३० करोड बिनियोजन गरिएको छ ।
काठमाडाैं-तरार्इ द्रुत मार्गका लागि १० अर्व १४ करोड बिनियोजन गरिएको छ ।राष्ट्रपति चुरे संरक्षण अायोजनाका लागि १ अर्व ९३ करोड बिनियोजन गरिएको छ ।
राष्ट्रपति चुरे संरक्षण अायोजनाका लागि १ अर्व ९३ करोड बिनियोजन गरिएको छ । मेलम्ची अायोजनाका लागि ६ अर्व ५७ करोड बिनियोजन गरिएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले ‘आर्थिक वर्ष २०७४÷७५ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरिरहनुभएको छ ।
नेपालको संविधानबमोजिम हरेक वर्ष जेठ १५ गते नै बजेट पेस गर्नुपर्ने व्यवस्थानुसार उहाँले संसद्मा आज आगामी आवको बजेट प्रस्तुत गर्नुभएको हो । यसअघि राष्ट्रिय योजना आयोगका अध्यक्ष एवम् प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले आगामी आवको आयव्यय विवरण (बजेट) पारित गरेको थियो । आयोगले पारित गरेको बजेट मन्त्रिपरिषद्को आजैको बैठकले अनुमोदन गरेको हो ।