Logo

सेना, प्रहरी र निजामती कर्मचारीको लगानीमा ५०० मेघावाट बिजुली उत्पादनको लक्ष्य



काठमाडौं, १५ जेठ । सरकारले नेपालको कुल जलबिद्युत क्षमता अध्ययन कार्य सम्पन्न गरिनेछ ।  बिभिन्न अन्तरदेशीय प्रशारण लाइनको स्तरोन्नतिका लागि काम सुरू गरिने । सेना, प्रहरी र निजामती कर्मचारीको लगानीमा कम्तिमा ५०० मेघावाट बिजुली उत्पादनको लक्ष्य लिइएको छ ।

नेपालकाे पानी जनताको लगानी अन्तर्गत ७ बर्षमा १७ हजार मेघावाट बिजुली उत्पादनको लक्ष्य लिइएको छ ।  केरूङ-काठमाडाैं-पोखरा- लुम्बिनी बृहत रेलमार्गको सम्भाव्य अध्ययनका लागि अावश्यक बजेट छुट्टयाइएको छ ।

मुग्लिन-नारायणगढ सडक स्तरोन्नति अागामी बर्ष सम्पन्न गर्ने गरी २ अर्व ५६ करोड बिनियोजन गरिएको छ । नागढुंगा-नाैबिसे सुरूङमार्गका लागि ५ अर्व ५४ करोड बिनियोजन गरिएको छ ।

स्थानीय तहबाट निर्माण हुनेबाहेक अन्य सडक निर्माणका लागि ८९ अर्व ५२ करोड बिनियोजन गरिएको छ । हरेक प्रदेशमा कम्तिमा ९० दिनसम्म पुग्ने गरी ग्यास भण्डारण गर्न सकिने गरी पूर्वाधार निर्माण गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्