Logo

दुतावासको ब्रेकफास्ट मिटिङ्मा राजदुत र महन्थवीच के सहमति भयो ?



काठमाडौं, १६ जेठ । छिमेकी मित्रराष्ट्र भारतले राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुलाई दोस्रो चरणको निर्वाचनमा भाग लिनको लागि आग्रह गरेको छ ।

आज विहान नेपालस्थित् भारतीय राजदुत मञ्जिवसिंह पुरीले आयोजना गरेको ब्रेकफास्ट मिटिङ्मा राजपा नेपालका शीर्ष नेताहरुलाई दोस्रो चरणको निर्वाचनमा भाग लिनको लागि आग्रह गरेको स्रोतको भनाई छ ।

तर नेताहरुले अहिलेसम्म आफूहरुको माँग पूरा नभएको गुनासो पोख्दै मिति सारेपनि माँग पूरा पूरा नभएकोले चुनावमा नजाने अडान लिएका थिए । स्रोतका अनुसार भारतीय राजदुत यो बीचमा भारत पुगेर आएका थिए । उनको व्यक्तिगत चाहनापनि राजपा नेपाल चुनावमा जाओस् भन्ने नै चाहन्छन् ।

राजपा नेपालका शीर्ष नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक छोडेर दुतावासको ब्रेकफास्ट मिटिङमा सहभागी भएका थिए । उनीहरुले बैठकमा आफ्ना माँगहरु पूरा नभएसम्म कुनैपनि निर्वाचनमा भाग नलिने अडान दोहोर्याएका थिए ।

बैठकमा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुर शीर्ष नेताहरु क्रमशः राजकिशोर यादव, अनिल झा, राजेन्द्र महतो सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्