Logo

रिपोर्टर्स क्लवको बधाईमा, जनताको ११ बुदे माग



भक्तपुर, १६ जेठ । रिपोटर्स क्लव नेपाल भक्तपुर शाखा र युवा गैर सरकारी संस्था महासंघ भक्तपुरले संयुक्त रुपमा मध्यपुरथिमी नगरपालिकाको नवनिर्वाचित मेयर तथा उपमेयरलाई गणतन्त्र दिवसको अवसरमा स्थानीय ११ बुदे मागसहित स्वागत तथा बधाई दिएका छन् ।

मध्यपुरथिमी नगरपालिका वडा नं.६ कुण्डोल पिपलचौतारामा आयोजित सो समारोहमा मेयर मदनसुन्दर श्रेष्ठले आफुले चुनाव प्रचारकाबेला जनतासंग गरेको प्रतिवद्धता अनुसार नै मेयरको पदवहाली गरेकै दिन देखी घरजग्गा नक्सापास विना झण्झट तत्काल पास गर्ने देखी, भुकम्प प्रभावितलाई नक्सा पास गर्दा शुल्क नलाग्ने, जेष्ठ नागरीकलाई घुम्ती सिविर मार्फत वृद्ध भत्ता वितरणक जस्ता कामको थालनी गरेर प्रतिवद्धता अनुसार आफु अगाडी बढेको बताउनु भयो ।

उहाको भनाई थियो मध्यपुरथिमी नगरपालिकामा ज्यादै भ्रष्टाचार भएको भनिन्छ अब हायर एण्ड फायरको नीतीमा नगरपालिका अगाडी बढ्छ, कर्मचारीलाई मैले चुस्त भयर काम गर्न निर्देशन दिईसकेको छु, नगरमा रहेको खानेपानी समस्या, सडकको समस्या आफुले तत्काल व्यवस्थापन गर्न पहल गर्ने बताउनु भयो ।

आफु जनताको विचमा हिजो पनि थिए, भोली पनि निरन्तर हुन्छु, ११ वुदे माग अनुसार सक्दो विकासका पहल आफ्नो कार्यकालमा गर्ने समेत जनाउनु भयो ।

सो कार्यक्रममा उपमेयर अन्जना मदिकर्मीले नेपाली कांग्रेसले घोषणा पत्रमा उल्लेख भएका कुरालाई आफ्नो कार्यकालमा कार्यन्वयन गर्न प्रतिवद्ध रहेको बताउदै, स्थानीयवासीद्वारा पेश मागहरुलाई आफले गंभिररुपले लिएकोले उचित तवरले सम्वोधन गर्ने बताउनुभयो ।

उक्त समारेहमा पत्रकार महासंघ भक्तपुरका नवनिर्वाचित सभापति पुष्कर बुढाथोकीलाई पनि सम्मान गरीएको थियो सो सम्मान कार्यक्रममा बुढाथोकीले मिडियाले जहिले पनि जनताको पक्षमा कलम चलाउनु पर्ने र जन निर्वाचित प्रतिनिधि सधै संचार मैत्रि हुनु पर्ने बताउनु भएको थियो ।

युवा गैर सरकारी संस्था महासंघ नेपालका केन्दीय अध्यक्ष नारायण गिरीले नगरपालिकाले अव युवा मैत्रि बजेट ल्याउनु पर्ने, युवालाई स्वरोजगारमुखी काममा लगाई बैदेसिक पलायनलाई रोक्नु पर्ने बताउनु भयो ।

उहाले स्थानीय क्षेत्रमा व्याप्त रहेको खानेपानि समस्यालाई प्राथमिकता दिनु पर्ने बरु त्यसमा युवाहरुलाई श्रमदान गर्ने जिम्मा आफुहरुलाई दिएको खण्डमा वातावरण बनाउन सक्ने बताउनु भयो । स्थानीयवासीले यस्ता कार्यक्रमहरुलाई पुनः निरन्तरता दिन माग समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्