Logo

विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत सचेतना कार्यक्रम सम्पन्न



भद्रपुर, १७ जेठ । मेची अञ्चल प्रहरी कार्यालय चन्द्रगढी झापाले आज यहाँ विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय वीरेन्द्र उच्च माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्यायनरत् एक सय ५० जना विद्यार्थीलाई एचआइभी/एड्स, लागुऔषध दुब्यर्सन विरुद्ध जानकारीमूलक प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले लहलहैमा कलिला उमेरका बालबालिका कुलतमा फस्ने गरेकाले यसबाट स्वयम्, परिवार र समाजमा नकारात्मक असरपर्ने भएकाले यस्तो कार्यक्रमको निकै महत्व रहेको कुरामा जोड दिनुभयो ।

कार्यक्रममा मेचीअञ्चल अस्तपताल भद्रपुर बालसेवा गृहकी प्रमुख गङ्गा लिम्बू, प्रहरी निरीक्षक धनप्रसाद शिवाकोटी र सामुदायिक प्रहरी सेवाकेन्द्र चन्द्रगढीका सचिव इन्द्रप्रसाद ओलीले प्रशिक्षण दिनुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot