Logo

महोत्सवको नाफा सामाजिक क्षेत्रमा खर्च



लमजुङ बेसीसहर १७ जेठ । गत माघमा सम्पन्न पाँचौ लमजुङ महोत्सवबाट बचत भएको रकमबाट करिब रु चार लाख सामाजिक क्षेत्रमा खर्च गरिएको छ ।

महोत्सवबाट कुल नाफा भएको रु ३० लाख ३९ हजारमध्ये तीन लाख ९१ हजार सामाजिक क्षेत्रमा खर्च गरिएको हो ।

महोत्सव आयोजक लमजुङ उद्योग वाणिज्य सङ्घ लमजुङले आज पत्रकार भेटघाट गरी खर्चको बारेमा जानकारी गराएको हो । सङ्घका महासचिव श्रीकृष्ण लामीछानेका अनुसार जिल्लामा रहेको लायन्स सर्वोदय बृद्धाआश्रममा रु २४ हजार ४९८, आदर्श महिला तथा बाल विकास केन्द्रमा रु २४ हजार ४९८ खर्च भएको छ ।

यस्तै बचत रकमबाट जिल्ला स्थित दैविप्रकोप उद्धार कोषमा रु ४८ हजार ९९७, ऐतिहासिक गाउँसहर जाने सडक निर्माणका लागि रु दुई लाख, ४४ हजार र बेसीसहरमा सिसी क्यामेरा व्यवस्थापनका लागि रु २४ हजार ९९७ खर्च गरिएको लामीछानेले बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot