Logo

चितवन मेडिकल कलेजमा तोडफोड, ७ जना पक्राउ



चितवन, १८ जेठ । आक्रोशित बिरामीहरुको एउटा समूहले चितवनको चितवन मेडिकल कलजेजको सघन उपचार कक्ष –आइसियु) तोडफोड गरेका छन् ।

राप्ति नगरपालिका ९ निवासी १७ वर्षका रोमन तामाङ्गको उपचारका क्रममा मृत्यु भएपछि बिहीवार बिहान उनका आफन्त आक्रोशित भएर आइसियूको सीसा तोडफोड गरेका हुन् । सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङ्गको केही दिनयता आइसियुमा राखेर उपचार भैरहेको थियो ।

गत बैशाख १२ गते तामाङ्ग चढेको मोटरसाइकललाई जीपले ठक्कर दिएपछि उनको दुबै खुट्टा भाँचिनुका साथै फोक्सोमा दख्खल परेको थियो । अस्पतालले सिकिस्त बिरामी बाँच्ने सम्भावना कम रहेको जानकारी गराउँदागराउँदै बिरामीपक्ष एकाएक हमलामा उत्रिएको अस्पतालका व्यवस्थापकीय प्रबन्धक पारस अधिकारीले बताए ।

आक्रोशित भीडलाई आइसियु जान रोक्ने क्रममा अस्पतालका सुरक्षा गार्ड समेत घाइते भएका छन् । अधिकारीका अनुसार आक्रोशित भीडले अस्पतालका अन्य कर्मचारीलाई पनि हातपात गरेका छन् ।

एकथरी बिरामी पक्षले शब बुझेर लान लाग्दा केही युवाहरु आएर तोडफोड गर्न थालेको र तीमध्ये ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अधिकारीले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्