Logo

छोराको जन्म दिनमा यशोदाले गरिन अपाङगतालाई सहयोग हस्तान्त्रण



अभिमनु कुमार पटेल : रौतहट १९, जेष्ठ । बेल्जियममा बस्दै आईरहेकी समाजसेवी यसोदा थापाले आफ्ना जेठा छोरा उत्सव सुवेदी थापाको २४ औं जन्मदिनमा रौतहटका दुई असहाय अपाङता भएका व्यक्तिलाई राहत सामग्री वितरण गरेहकी छन् ।

चन्द्रपुर नगरपालिका वडा नं. १० बाल्चनपुर टोलमा ९० वर्षिया सिपती देवी माझी तथा सोही वडाका ७५ बर्षिया रजकलिया देवी पासवानलाई जनही ५० केजी चालम तथा एक एक थान साडी राहत प्रदान गरेकि हुन ।

अपांगता र असहायका सहारा बनेकी यशोदा थापाले आफ्ना जेठा छोरा उत्सव सुवेदीको जन्मदिनमा असहाय र अपांगताको सहयोग गर्दै मनाउने अभिप्रयाले पठाएको रकमबाट उक्त सामग्रीहरु खरिद गरि स्थानिय बालचपुरबासी विगु पासवानको सहयोगमा वितरण गरिएको हो ।

विधवा ९० वर्षिया सिपती माझीको दुबै आँखा नदेखिनुको साथ उनका लालन पालनका लागि एक छोरी बाहेक अरु कोही नरहेको त्यस्तै अर्का ७५ वर्षिया एकल महिला रजकलिया देवी पासवानको दुबै खुट्टा काम नलाग्ने भएकाले सहयोगको गरिएको सहयोगमा सक्रिय भुमिका खेल्दैं आएका युवा प्रभावशाली समाजसेवी पत्रकार रिपोर्टस क्लब नेपाल रौतहटका अध्यक्ष तथा मधेश प्रदेश आनलाईनका अध्यक्ष अभिमनु कुमार पटेलले जानकारी गराउनु भएको छ ।

आफुहरु जस्ता अपांगता र असहायलाई यस्ता सहयोग गरेकी यशोदाका छोराको दिर्घायुको कामना समेत माझी र पासवानले गरेकी थिएन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot