Logo

२५ जिल्लामा ४ लाख गरिब



काठमाडौं २१ जेठ ।गरिबी निवारण तथा सहकारी मन्त्रालय अन्तर्गतको गरिब घरपरिवार पहिचान सहयोग तथा समन्वय बोर्डले पहिलो चरणमा २५ जिल्लाका गरिब पहिचान गरेको छ ।
२५ जिल्लामा तीन लाख ९१ हजार नौ सय ८७ जना गरिब रहेको तथ्यांक तयार गरिएको छ । त्यसमध्ये अति गरिब एक लाख ८८ हजार ३ सय १८, मध्यम गरिब एक लाख १९ हजार सात सय ८३ र सिमान्त गरिबमा ८३ हजार ८ सय ७६ जना रहेको बोर्डले जनाएको छ ।

बाजुरामा सबैभन्दा धेरै गरिब

गरिब घरपरिवार पहिचान, सहयोग तथा समन्वय बोर्डले पहिलो चरणमा अध्ययन गरेका २५ जिल्लामध्ये बाजुरामा सबैभन्दा धेरै गरिब भेटिएको मन्त्री हृदयराम थानीले बताए । उनका अनुसार बाजुरामा ६४.१ प्रतिशत गरिब छन् । सबैभन्दा कम अर्थात् १४.८ प्रतिशत गरिब तनहुँमा रहेको बोर्डको प्रतिवेदन छ । –नयाँ पत्रिका दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot