Logo

धमलासँग ओलीले भने,‘संसद चलाउनुपर्छ, आज चल्छजस्तो लागेको छ’



काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका–संसद चलाउनुपर्ने बताएका छन् ।

आईतबार व्यवस्थापिका–संसद बैठक विहान ११ बजेको लागि बोलाईएको थियो । तर, एमालेले अवरोध गर्ने भनेपछि दिउँसो ३ बजेको लागि बोलाईएको छ । प्रमुख दलहरुवीच सहमति जुटाउने उद्देश्यले अहिले २ बजे शीर्ष नेताहरुको बैठक बस्दैछ । बैठकमा भाग लिन एमाले अध्यक्ष ओली पनि संसद भवनमा आईपुगेका छन् ।

पत्रकार ऋषि धमलाले आजको संसद बैठक चल्छ त भनेर ओलीसँग गरेको प्रश्नमा उनले भने,‘ऋषिजी, संसद चलाउनुपर्छ, मलाई त चल्छजस्तो लागेको छ।’



प्रतिक्रिया दिनुहोस्