Logo

प्रधानमन्त्री निर्वाचनमा देउवाका पक्षमा मतदान गर्ने संघीय समाजवादी फोरमको निर्णय



काठमाडौं, २१ जेठ । संघीय समाजवादी फोरमले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने भएको छ।

प्रधानमन्त्रीका उम्मेद्वारको पक्षमा मतदान गर्ने प्रमुख सचेतक डा. शिवजी यादवले जानकारी दिए । । ‘हामीले प्रधानमन्त्रीका उम्मेद्वारको पक्षमा मतदान गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘सरकारमा जाने कि नजाने भन्ने अर्को विषय हो, यसमा छलफल भएको छैन।’

सरकारमा जाने कि नजाने भन्ने विषयमा सरकार बनेपछिमात्रै छलफल गरिने उनले बताए।



प्रतिक्रिया दिनुहोस्

Screenshot