Logo

कमल थापाको पार्टीले देउवाका पक्षमा मतदान गर्ने



काठमाडौँ, २१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ ।

पार्टी संसदीय दलको आज बसेको बैठकले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सँग सरकारमा सहभागिताका लागि वार्ता गर्न पार्टीका महामन्त्री जयन्त चन्दको संयोजकत्वमा पूर्वमन्त्री दिलनाथ गिरी र प्रमुख सचेतक कुन्तीकुमारी शाही सदस्य रहेको समिति गठन गरेको पूर्वमन्त्री गिरीले जानकारी दिए ।

व्यवस्थापिका–संसद्मा सो दलबाट ३७ सांसदले प्रतिनिधित्व गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्