Logo

सहज सत्तारोहरणका लागि देउवा एक्लै र दुत मार्फत छलफल गर्दै



काठमाडौं २२ जेठ । प्रधानमन्त्रीका दुई तिहाई जुटाउन कांग्रेसका सभापति शेरबहादुर देउवाले पहल थालेका छन् । चौथो पटक सत्तारोहण तयारीमा रहेका देउवा संसद्मा कायम सदस्य संख्याको दुईतिहाइ बहुमत नजिक पुगेका छन्। आज दिनभरी उनले दलहरुसँग छलफल गर्नेछन् । एमाले अध्यक्ष केपी शर्माओलीसँग छलफल गर्न दुत पठाउँदैछन् । गृहमन्त्री विमलेन्द्र नीधि र नेता ज्ञानेन्द्र कार्कीर्ला बालकोट पठाएर संसदको अवरोध हटाउने र भावी सहकार्यका विषयमा छलफल गराउने तयारी छ । दुईतिहाइ बहुमतसहित प्रधानमन्त्रीमा निर्वाचित भएर संविधान संशोधन प्रस्ताव पारित गराउने रणनीतिमा देउवा जुटेका छन्। प्रधानमन्त्री निर्वाचति हुन २ सय ९७ सांसदको समर्थन आवश्यक भए पनि देउवाले उम्मेदवारी दिँदा नै ३ सय ११ सांसदको समर्थन जुटाएको बताइएको छ।

देउवालाई राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरमले पनि समर्थन गर्ने निर्णय गरेका छन्। त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाल परिवार दललगायतले देउवाको पक्षमा मतदान गर्ने आश्वासन दिएका छन्। उनीहरुले समेत देउवाको पक्षमा मतदान गर्ने आश्वासनसँगै ३ सय ९० बढी सांसदको समर्थन जुटिसकेको दाबी कांग्रेसको छ। माओवादी र कांग्रेसको सत्तागठबन्धन त छँदैछ।

कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले दुईतिहाइ बहुमतको सुनिश्चित गर्न विभिन्न दलसँग छलफल भइरहेको जानकारी दिए। १ सय ८१ सांसद् रहेको एमाले, ४ सांसद् रहेको नेपाल मजदुर किसान पार्टी र ३ सांसद् रहेको राष्ट्रिय जनमोर्चाले विपक्षमा मतदान गर्ने निश्चित जस्तै छ।



प्रतिक्रिया दिनुहोस्