Logo

तीन दलको बैठकमा संसद खुलाउने सहमति, एमालेले देउवाको विपक्षमा मतदान गर्ने



काठमाडौं, २२ जेठ । प्रमुख दल कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुवीच बैठकमा संसद सूचारु गर्ने सहमति भएको छ ।

सोमबार सिंहदरबारस्थित् व्यवस्थापिका–संसदकी सभामुख ओनसरी घर्तीमगरको कार्यकक्षमा बसेको शीर्ष नेताहरुको बैठकमा भोलि दिउँसो १ बजेको लागि तय भएको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध नगर्ने भएपछि तीन दलवीच सहमति भएको हो ।

बैठकपछि बाहिरिने क्रममा पत्रकारसँग बोल्दै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने,‘प्रमुख प्रतिपक्षी दलले भोलि सदन अवरोध नगर्ने भनेपछि सहमति भयो, उहाँहरुलेपनि बैठकमा भाग लिनुहुन्छ।’
भोलि मंगलबार दिउँसो १ बजे बस्ने संसद बैठकमा पहिलो चरणमा तीन दलका अध्यक्षहरुले सम्बोधन गर्ने पनि आजको बैठकमा सहमति भएको छ ।

त्यस्तै सदनको दोस्रो चरणको बैठकमा प्रधानमन्त्रीको निर्वाचन गर्ने सहमति भएको छ। यद्धपी आजको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित् थिएनन ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्