Logo

तपाईको मन र मस्तिष्क हल्लाउने डा. उपेन्द्र महतोको ७ मिनेटको भाषण (भिडियोसहित)



काठमाडौं, २३ जेठ । व्यक्तिगत रुपमा मान्छे जति नै सफल भएपनि यदि देश समृद्ध भएन भने व्यक्तिगत सफलताको कुनै महत्व हुँदैन भन्ने मान्यता बोकेर विगत १४ वर्षदेखि गैरआवासीय नेपाली संघमार्फत नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउने लक्ष्यमा निरन्तर सक्रिय डा. उपेन्द्र महतोले तीन करोड नेपालीको मन छुने भाषण गरेका छन् ।

सम्बोधनको सुरुमै उनले एनआरएन “नेपालका लागि नेपालीहरु” भन्ने उद्देश्यले विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुले स्थापना गरेको संसथा भएको स्मरण मात्रै गराएनन् । बल्की, यो अभियान सुरु भएको १२ वर्ष वितिसकेकोपनि जनाए । उनले भने,“यो १२ वर्ष मानव ईतिहाँसको लागि धेरै छोटो समय हो, तर एक जना मानिसको लागि यो १२ वर्ष धेरै लामो समय हो।” उनले आफूहरुको मुख्य उद्देश्य नै देश समृद्ध बनाउने भएकोले यतिका वर्ष वितिसक्दापनि अझैपनि देशलाई समृद्धिको बाटोमा ल्याउन नसक्दा त्यति सन्तुष्ट हुन नसकिरहेको स्विकार गरे ।

उनले देश बाहिर ५० लाख नेपाली युवायुवतीहरु रहेको भन्दै दुःख व्यक्त गरे । महतोले भने,“हामीले यो अभियान सुरु गर्दैगर्दा जम्मा १२ लाख नेपालीहरु बाहिर थिए, तर आज ५० लाखभन्दा बढि नेपालीहरु बाहिर छन्, हाम्रो अभियानमा उहाँहरु थपिनुभएको छ, तर यो भन्दैगर्दा मलाई दुःख लागेको छ, हाम्रो राम्रो जनशक्ति बाहिरिएको छ।” उनले विदेशका चम्किला सडक र गगनचुम्बी भवन बनाउने नेपालीहरु स्वदेश फर्किएर नेपाललाई समृद्ध बनाउन अब ढिलाई गर्न नहुने समेत अपिल गरे ।

“हामीले अब विदेशमा बढि रोजगारी कसरी प्रभावकारी बनाउने भनेर मात्रै चिन्तन गरेर हुँदैन्” उनले भने, हाम्रो देशमा विदेशीहरुलाई कसरी रोजगारी दिने भनेर चिन्तन गर्ने बेला आईसकेको छ।” उनले नेपालीहरुले यो मन लिएर अघि नबढेसम्म नेपाल कहिल्यै पनि अगाडि आउन नसक्ने ठोकुवा नै गरे ।

महतोले नेपालीको बानी, व्यवहार, गुण र विशेषताहरु चर्चा गर्दै थपे,“नेपालीहरु बलिया छन्, ईमानदार छन्, साहसी छन् तर दुःखको साथ भन्नुपर्छ हामी नेपालीमा अलिकति आत्मबलको कमी भएको छ।” आत्मबल कमजोर गरेर राम्रो काम गर्न नसकिने बताउँदै डा. महतोले थपे,“हामीसँग साधन र स्रोतहरु प्रशस्तै छन्, त्यसैले अब नेपाल तपाई हामीले नै बनाउने हो, यो विश्वास लिएर हामी अघि बढ्नुपर्छ ।”

उनले कागजमा जति नै राम्रो कुरा लेखेपनि वा गरेपनि व्यवहारमा नउतारे कुनै कुरापनि सफल हुन नसक्ने स्पष्ट पारे । महतोले भने,“त्यसैले अब तपाई हामीले गरेर देखाउने बेला आएको छ।”
सम्बोधनको क्रममा उनले ०७२ साल बैशाख १२ गतेको विनाशकारी महाकुम्भको बेलामा आफू स्वदेशमै रहेको स्मरण गराउए । महतोले भने,“मलाई धेरै नै दुःख लागेको छ, तर मलाई दुःख लाग्नुको कारण महाभुम्प भएको कारण चाहीँ होईन, गरिब भएर हो, आज हाम्रो देश धनी भएको भए सयौं हेलिकप्टर हाम्रो आकाशमा घुमिरहेको हुन्थ्यो, घाइेतहरुलाई सहज तरिकाले उद्धार र राहत पुर्याउन सक्थ्यौं तर हामीले सकेनौं।”

उनले आजको युगमा ६ मिलियन वा ७ मिलयन डलर भनेको केही पनि नभएको समेत बताए । महतोले भने,“विश्वका धेरै देशका एउटा शहरको बजेट ७ मिलयन डलर छ, तर आज हामी यसको लागि विदेशीसँग गुहारिरहेका छौं, तर म अहिलेपनि भन्न चाहन्छु कि हाम्रा नेपालीहरुसँग त्यो भन्दापनि बढि पैसा छ, तर उनीहरुलाई आफूसँग विश्वास छैन, मनमा विश्वास नभएर खासगरी नेपालमा गरेको लगानी बाँच्छ कि बाँच्दैन भनेर उनीहरुले विदेशमा लगानी गरिरहेका छन् ।”

उनले जुन दिन नेपालीले आफूलाई धनी वा समृद्ध देशको नागरिक भन्न पाउँछन् त्यो भन्दा अर्को आनन्द अरु केहीमा नआउने समेत बताए । महतोले भने,“हो, हाम्रो देशमा संक्रमणकाल छ, अनन्तकालदेखि नै संक्रमण छ, म जन्मिदादेखि नै यो सुनेको हुँ, त्यसैले यो संक्रमणको अन्त्यको लागि तपाई हाम्रो सक्रिय रुपमा सहभागिता हुन जरुरी छ, व्यवहारिक रुपमा लगानी ल्याउनुपर्छ, चाहे त्यो पुँजी होस् वा अनुभव र विवेक ।” उनले नेपालमा जुनसुकै क्षेत्रमा लगानी गरेपनि सबै क्षेत्रमा प्रचुर संभावना रहेको बताए ।

उनले भने,“मित्रहरु तपाईहरुले मात्रै देश बनाउन सक्नुहुन्न, तर तपाईहरुविना देश बन्दैन् ।” उनले आफ्नो देश नेपालको विकासको लागि नेपालीले गरेनन भने अरु कसैलेपनि गर्दैनन् भन्ने सोचका साथ गैरआवासीय नेपालीहरुलाई अघि बढ्न आग्रह समेत गरे । उनले भने,“तपाई हामीले अब यो सोच्नुपर्छ कि मेरो देश बनाउने भनेको मैले हो, यसको लागि मैले आजै गर्नुपर्छ, अहिल्यै गर्नुपर्छ भन्ने भावना बोक्नुपर्छ।” उनले नेपालीहरुले बोक्ने पासपोर्ट देख्नेवित्तिकै विदेशका विमानस्थलहरुमा “प्लिज वेट” नभनीकन “प्लिज वेलकम” भन्ने देख्न पाउने आफ्नो ईच्छा रहेको सपना सेयर गरेका थिए ।

एक वर्ष पहिले काठमाडौंमा सम्पन्न भएको एनआरएनएको ७ औं अन्र्तराष्ट्रिय सम्मेलनमा शुभकामना मन्तव्य दिँदै संस्थापक अध्यक्ष समेत रहेका समाजसेवी एवम् प्रतिष्ठित उद्योगपति डा. उपेन्द्र महतोले गरेको सम्बोधनको पूर्ण भिडियो :

भिडियोस्रोत : न्यूज एनआरएन युट्युव च्यानल

PHOTO SOURCE: Business 360



प्रतिक्रिया दिनुहोस्