Logo

ओलीलाई देउवाको जवाफ : तपाईहरुकै सुरक्षाको लागि प्रहरीले सप्तरीमा गोली चलाएको हो



काठमाडौं, २३ जेठ । प्रधानमन्त्रीका एक मात्र उम्मेद्धवार समेत रहेका प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मतगणनाका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रश्नको उत्तर दिँदै भने,‘उहाँले प्रश्न गर्नुभयो, मैले जवाफ दिनैपर्ने भयो हामी निर्वाचन आयोगको निर्णय मान्छौ। त्यसका तपाईहरु विरुद्ध अदालत जानुभएको छ, जान पाइन्छ। त्यो विषय यहाँ बहस गर्ने विषय हैन।’

त्यस्तै उनले असार १४ गते निर्धारित मितिमै निश्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे । उनले भने,‘प्रधानमन्त्री पुष्पकमल दाहालको प्रतिबद्धतामा हाम्रोपनि प्रतिबद्धता छ यसमा शंका गर्न पर्दैन’।

त्यस्तै उनले सप्तरीमा एमालेको मेची–महाकाली अभियानका क्रममा भएको घट्नाबारे ओलीले उठाएको प्रश्नको उत्तर दिँदै भने,‘उहाँहरु हिँडेपछि गोली चलाएको भनिदैँछ। मैले बुझेका विषय त उहाँहरुकै सुरक्षाका लागि प्रहरीले गोली चलाएको हो।’
देउवाले राष्ट्रियताका सन्दर्भमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद आफ्नो पार्टीको आदर्श रहेको बताए । उनले थपे,‘अब राष्ट्रियता हामीलाई कसैले सिकाइरहनु पर्दैन।’

देउवाद्धारा गरिएको सम्बोधन :

नेपाल विश्वकै पुरानो देश हो। यो स्वभरेन्ट देश हो। हामी राष्ट्रियतासन्दर्भमा कसैसँग सम्झौता गर्दैनौ। हाम्रो पार्६ले गर्न सक्दैन। राष्ट्रियता हाम्रो आदर्श हो।
प्रजातान्त्रिक समाजवाद हाम्रो अर्को अदर्श हो यसका विषयमा कसैले पनि प्रश्न उठाउन जरुरी छैन।

अब तीवनटा चुनाव गर्न बाँकी छ। हामी त्यसमा प्रतिबद्धछौ। हामीले संविधान बनायौ त्यसको कार्यान्वयन अत्यन्त आवश्यक थियो। त्यही कार्यान्वयका लागि पुष्पकमल दाहालले पहिलो चरणको निर्वाचन गर्नुभयो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot