काठमाडौं, २३ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । देउवाको पक्षमा ३ सय ८८ मत खसेको थियो भने उनको विपक्षमा १ सय ७० मत परेको छ ।
देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो । देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए । जम्मा ५५८ मत खसेको थियो ।
अर्को बैठक २५ गते १ बजे बस्ने भएको छ ।