Logo

आज देउवाको सपथ, आजै सानाको आकारको मन्त्रिमंडल बन्ने



काठमाडौं २४ जेठ । कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीका रुपमा पद तथा गोपनियताको सपथग्रहण गर्दैछन् । दिउँसो दिउँसो २ बजे प्रधानमन्त्रीको पद तथा गापनियताको सपथ लिने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा सपथ कार्यक्रम हुने छ । सपथ लिएसँगै उहाँले पदभार सम्हाल्नु हुनेछ । देउवाको पक्षमा ३ सय ८८ सांसदले मत दिएका थिए भने विपक्षमा १ सय ७० मत परेको थियो ।

संसदमा ५ सय ९३ सदस्य कायम रहेकोमा प्रधानमन्त्री चयनको निर्वाचनमा ५ सय ५८ मत खसेको थियो । सपथपछि आज नै सानो आकारको मन्त्रिपरिषद बनाउने तयारी छ । आज प्रधानमन्त्रीको शपथग्रहण लगत्तै देउवाले समर्थनमा रहेकादहरुबाटपहिलो चरणमा ७ जनासम्मको मन्त्रिमंडल बनाउने तयारी गर्नु भएको छ । माओवादी केन्द्र, कांग्रेस, फोरम लोकतान्त्रिकबाट गरि ५ जनाको मन्त्रिमंडल बनाउने कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, महेश आचार्य पहिलो चरणमा नै जाने बताइएको छ । माओवादी केन्द्र, राप्रपाा र फोरम लोकतान्किबाट एक–एक जना मन्त्रिपरिषदमा सहभागि हुने कांग्रेसका नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot