प्रधानमन्त्री निर्वाचनका दिन संसदमा मंगलबार प्रमुख तीन दलका शीर्ष नेताबीच नमिठो घोचपेच भयो । क्षमताले भ्याएसम्म एक अर्काले घोचपेच गरे । घोचपेचको परिणाम यतिसम्म भयो कि एमाले अध्यक्ष केपी ओली नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई नै नदिई बाहिरिए । नेपाली राजनीतिको सुन्दर पक्ष बुधबार दुई ठूला दलका नेताको मिलन शीतल निवासको शपथ समारोहमा देखियो ।
शपथपछि बधाई दिन पुगेका देउवा र ओलीले आत्मीयता साटेकोजस्तो देखिन्थ्यो । उनीहरुले आफ्ना हात औपचारिकमात्रै होइन, लामो समयसम्म कस्सिएर मिलाए ।
प्रमुख प्रतिपक्षी दलका नेतासित नवनिर्वाचित प्रधानमन्त्रीले हातमात्रै होइन आगामी दिनमा मन कत्तिको मिलाउने हुन् हेर्न बाँकी छ ।
तस्बिरहरु: हेमन्त श्रेष्ठ