Logo

क्रोएसियाको संसद्द्वारा सात मन्त्री नियुक्त



जाग्रेब, २७ जेठ । क्रोएसियाको संसद्ले प्रधानमन्त्री अन्द्रेज प्लेन्कोभिकद्वारा प्रस्तावित नयाँ सात जना मन्त्रीलाई शुक्रबार नियुक्त गरेको छ ।

उनीहरुलाई संसद्का ७८ जना सांसद्हरुले मतदान गरेका थिए । १५१ जना सांसद् रहेको संसद्मा अरु दुई जनाको समर्थन भएको भए बहुमतको समर्थन पुग्ने थियो ।

सत्तारुढ कन्जरभेटिभ पार्टीसँग कहिल्यै पनि गठबन्धनमा नरहेको लिबरल डेमोक्र्याटस््ले अचानक सरकारमा जाने निर्णय गरेको थियो ।

उनीहरुले निर्माण मन्त्रालय र शिक्षा तथा सेवा मन्त्रालय गरी दुई ओटा मन्त्रालय पाएका छन् । यस्लाई मुलुकको राजनीतिक संकट अन्त्यका लागि भएको प्रयासको रुपमा लिइएको छ ।

“जनताको चाहना र स्थायीत्वका लागि हामीले एउटा खराव अवस्थाको अन्त्य गरेका छौं,” प्रधानमन्त्री प्लेन्कोभिकले मन्त्रीहरुको नियुक्ति पछि संसदमा भन्नुभयो । रासस/सिन्ह्वा



प्रतिक्रिया दिनुहोस्

Screenshot