Logo

हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि राष्ट्रिय एकता सर्वपक्षीय संकल्प यात्रा घोषणा



‘हिन्दूराष्ट्र पूर्नस्थापना नभएसम्म आन्दोलन रोकिँदैन्’ : भट्टराई

काठमाडौं, २७ जेठ । राष्ट्रिय एकता अभियान सर्वपक्षीय नागरिक दवाब समुहले र अन्तर्राष्ट्रिय हिन्दु जनजागरण गौ रक्षा अभियानले वैद्धिक सनातन हिन्दु राज्य पुनःस्थापनाको लागि कडा आन्दोलन गर्ने चेतवानी दिएको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समुहले वर्तमान संविधानले ९४ प्रतिशत हिन्दुहरूको भावनामाथि कुठाराघात गरेको ओरोप लगाउँदै हिन्दू राष्ट्र पूर्नस्थापनाको लागि कडा आन्दोलन गर्ने जनाएको हो ।

कार्यक्रममा अभियानका संयोजक एवम् नेपाली काँग्रेसका नेता हरिबोल भट्टराईले नेपाललाई हिन्दुराष्ट्र कायम नगरिएसम्म आफूहरुको आन्दोलन नरोकिने दाबी गरे । उनले भने,‘आगामी साउन ८ गतेदेखि भारतको हरिद्धारदेखि पशुपतिनाथसम्मको राष्ट्रिय एकता सर्वपक्षिय संकलप यात्रा हुनेछ, त्यसले नेपाललाई हिन्दुराष्ट्र कायम गराउनको लागि माहोल निमार्ण गर्नेछ, नेपाल भारतका हरिद्धारको गंगा, जमुना ब्रम्हपुत्र, कावेरी, सरयू आदी र नेपालका प्रवित्र सम्पूर्ण नदी गंगा नदी जलाबाट पशुपतिनाथमा जलाभिषेक गरी बनकालीमा विराट धर्मसभाको आयोजना गरिनेछ।’ उक्त धर्मसभालाई नेपाल र भारतका प्रसिद्ध हिन्दूवादी अभियन्ताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बोल्बम कवरीया संघका अध्यक्ष रामआज्ञा साहले राष्ट्रिय एकता संकल्प यात्रामा २ लाखा मानिस उतार्ने बताए् । उनले भने,‘म नेपाललाई हिन्दु राष्ट्र कायम गर्नको लागि त्यस दिनमा २ लाख मानिस जम्मा पार्छु आर्को कुरा नेपाललाई हिन्दुराष्ट्र कायम नभएसम्म सरकारलाई घुँडा टेकाउनको लागि निरन्तर आन्दोलनमा सहभागिता रहने विश्वास व्यक्त गर्दछु।’

‘हिन्दूराष्ट्र पूर्नस्थापनका लागि विश्वभरिका हिन्दूहरुलाई एक गर्छौं’ : जोशी

त्यस्तै कार्यक्रममा गौ रक्षा अभियानका अध्यक्ष एवम् एकता अभियानका महामन्त्री चक्रदेव जोशीले ९४ प्रतिशत हिन्दु धर्मावलम्विहरूको भावनामाथि वर्तमान संविधानले कुठाराघात गरेको आरोप लगाए ।

उनले भने,‘विश्वभरिका हिन्दुहरूलाई एकजुट हुनको लागि आग्रह गर्छु, यस कार्यक्रमबाट नेपाललाई हिन्दुराष्ट्र पुनरस्थापनाको लागि ठुलो योगदान पुग्नेछ, अर्को कुरा नेपालको संविधान २०७२ को धारा ४ मा नेपाललाई धर्म निरपेक्षता बनाउँनको लागि बाटो खोलेको छ, अब यो हाम्रो यात्रा नेपाललाई हिन्दुराष्ट्र कायम गर्नको लागि खारेजीको माग नभएसम्म हाम्रो यो आन्दोलन रोकिने छैन्, साउन १६ गते हुने विषेश जलाभिषेक एवम धर्मसभामा सबैलाई उपस्थित हुनको लागि आग्रह गर्छु।’

कार्यक्रममा पिछडा वर्ग महासंघका अध्यक्ष राम प्रवोध महतो, हिन्दु बाहिनी नेपालका अध्यक्ष ज्ञानेन्द्रराज भट्ट, लोककल्याणकारी जनता पार्टीका उपाध्यक्ष हरिराज बगाले, संकटमोचन हनुमान मन्दिर सेवा समितिका अध्यक्ष स्वामी सेवक लगायतले यस अभियानका बारेमा आफ्ना बिचार राखेका थिए ।

आयोजक संस्थाका अनुसार उत्तः अभियानको उद्धघाटन उत्तराखण्डका पूर्व मुख्यमन्त्री एवम् नेपाल–भारत प्रवुद्ध समूह (इपिजी) का संयोजक सांसद भगतसिंह कोशियारी र भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्याय, पतञ्जली योगपीठका महामन्त्री आयुर्वेद विश्वशिरोमणी आचार्य बालकृष्ण जी महाराजले संयुक्त रुपमा गर्नेछन् ।
उक्त कार्यक्रमको सञ्चालन अभियानका अभियन्ता देवेन्द्र प्रसाद पौडेलले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्