Logo

बाढीले बाध फुटायो, ३५ घर डुबानमा



राजविराज २८ जेठ । खाँडो खोलामा अचानक आएको बाढीले बाँध भत्काएपछि शनिबार तिलाठी-कोइलाडी गाउँपालिका डुबानमा परेको छ। चुरे पहाड हुँदै अकस्मात खाँडो खोलामा उर्लिएको बाढी राजविराज-कुनौली सडक खण्डमा बन्दै गरेको पुल नजिकैको बाँध भत्काएर गाउँ पसेको हो।

बाढीले उक्त गाउँपालिकाको वडा नं. ३ का करिव ३५ घर डुवानमा परेको प्रहरी सहायक निरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो। बाढीले तिलाठीबाट राजविराजतर्फ आउँदै गरेको को.१प ६८७२ नम्बरको मोटरसाईकल समेत बगाएर वेपत्ता बनाएको छ। मोटरसाईकल चालक राजविराज ५ का रामचन्द्र दासको भने प्रहरी टोलीले उद्धार गरेको छ।

खोलाको पानी गाउँमा पसेपछि बालीमा क्षति पुग्नुका साथै गाउँलेहरुको आवतजावत अवरुद्ध भएको छ।



प्रतिक्रिया दिनुहोस्