Logo

विश्वकप २०१८ को छनोट : सान मारिनोको पोस्टमा जर्मनीको ७ गोल



काठमाडौं, २८ जेठ । विश्वकप २०१८ को छनोटअन्तर्गत गएराति भएको खेलमा जर्मनीले शानदार जित दर्ता गरेको छ ।
युरोपियन क्षेत्रको छनोटअन्तर्गत समूह ‘सी’ मा रहेको विश्व विजेता जर्मनीले सान मारिनोलाई ७–० ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीलाई जिताउन सान्ड्रो वाग्नरले ह्याट्रिक गरे । छनोट चरणमा अहिलेसम्म भएका सबै ६ खेल जितेको जर्मनी १८ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

यही समूहका अन्य खेलहरुमा नर्दन आयरल्याण्डले अजरबैजानलाई १–० ले हराउदा नर्वे र चेक गणतन्त्रले १–१ गोलको बराबरी खेलेका छन् ।

विश्वकप छनोटअन्तर्गत गएराति भएको समुह एफका खेलहरुमा पोल्याण्ड, डेनमार्क र मोन्टेनेग्रो विजयी भएका छन् । पोल्याण्डले रोमानियालाई ३–१ ले हराएको हो । खेलमा पोल्याण्डलाई विजयी गराउन रोबर्ट लेवानडोस्कीले ह्याट्रिक गरे ।

यसैगरी डेनमार्कले काजखस्तानलाई ३–१ ले हराँउदा मोन्टेनेग्रोले अर्मेनियालाई ४–१ ले हराएको छ । विश्वकप छनोटअन्तर्गत गएराति भएको अर्को खेलमा इङ्ल्यान्डलाई स्कटल्याडले दुई–दुई गोलको बराबरीमा रोकेको छ ।यही समुहको अर्को खेलमा स्लोभेनियाले माल्टालाई २–० ले तथा स्लोभाकियाले लिथुआनियालाई २–१ ले हराएका छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्