Logo

गरिबी र अल्पविकास नै सार्कको साझा समस्या



काठमाडौँ, २९ जेठ । छिमेकी मुलुक भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले दक्षिण एसियाको साझा हित र चासोका विषयमा अध्ययन गर्न स्थापित दक्षिण एसियाली विश्वविद्यालयको भूमिका शैक्षिक क्षेत्रमा महत्वपूर्ण रहेको बताउनुभएको छ ।

सो विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई आज भारतको राजधानी नयाँ दिल्लीमा सम्बोधन गर्दै उहाँले दक्षिण एसियाली मुलुकको बीचमा गहिरो सहयोग सम्बन्ध एवम् सम्पर्क सञ्जालको विस्तारमा विश्वविद्यायले प्रदान गर्ने शिक्षा महत्वपूर्ण हुने छ भन्नुभयो ।

राजदूत उपाध्यायले विश्वविद्यालयमा अध्ययन सम्पन्न गरेका विद्यार्थीले आफ्नो ज्ञान तथा सीपका माध्यमबाट साझा चासो र हितका विषयमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

गरिबी, अल्पविकास नै दक्षिण एसियाको साझा समस्या हो, उहाँले भन्नुभयो – “युवा विद्यार्थीले यस क्षेत्रका साझा समस्या समाधानका लागि प्रयन्तशील रहन सक्नुपर्दछ ।”

समारोहमा भारतीय विदेश राज्यमन्त्री एमजे अकबर, सार्कका महासचिव अहमद हुसने बि सैल र विश्वविद्यालयका प्रमुख अधिकारीको सहभागिता थियो । सो अवसरमा १६ नेपाली विद्यार्थीसहित १८५ विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot