Logo

भारत, दक्षिण कोरिया अर्थ मन्त्रीस्तरीय बैठक सोलमा



सोल, १ असार । दक्षिण कोरिया र भारतका अर्थमन्त्रीको बैठक दक्षिण कोरियाकभो सोलमा बुधबार सम्पन्न भएको समाचार छ ।

दुई देशबीच आर्थिक लगानी, समन्वय र सहकार्यका क्षेत्रहरुको पहिचान गरी समन्वय र सहयोग बढाउने सम्बन्धका छलफल भएको दक्षिण कोरियाको अर्थ मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

सोलस्थित एक हाटेलमा दक्षिण कोरियाली अर्थमन्त्री किम दोङ्ग योङ र भारतीय अर्थमन्त्री अरुण जेट्लीबीच सो भेटवार्ता भएको समाचारमा जनाइएको छ ।

यस बैठकलाई सोल नयाँ दिल्ली अर्थ मन्त्रीस्तरीय पाँचौँ बैठक नामाकरण गरिएको छ । गत शुक्रबार आफ्नो कार्यभार सम्हाल्नुभएका दक्षिण कोरियाली अर्थमन्त्री किमको यो नै पहिलो औपचारिक बैठक भएको बताइएको छ ।

दुई अर्थमन्त्रीबीच व्यापारिक वातावरण, निजी उद्योग, दक्षिण कोरियाको (केएसपी) कार्यक्रम, आर्थिक लगानीका नयाँ क्षेत्रहरुको पहिचानका साथे एक अर्कामा सहयोग र समन्वय बढाउने विषयमा सहमति भएको जनाइएको छ ।

कोरियाली अर्थ मान्त्रालयका अनुसार आर्थिक विकाश सहयोग कोष (इडिसिएफ) सँगआवद्ध गरी आयोजनाहरु सञ्चालन गर्नेगरी उहाँहरुबीच १ अर्ब अमेरिकी डलर बराबरको रकम परिचालनका विषयमा सम्झौतामा हस्ताक्षर भएको छ ।
यी दुई मन्त्रीहरुले भारतको चार आधारभूत विकासका परियोजनाहरु स्मार्ट सहर र रेलमार्ग निर्माणमा यो धनराशी प्रयोग गर्न सकिने बताइएको छ ।

आर्थिक सहयोगको मुद्दालाई प्रभावकारी बनाउनको लागि कम्तीमा एक बर्षमा एक पटक उच्चस्तरीय अधिकारीहरुबीच द्विपक्षीय वार्ता हुने पनि ती दुई नेताले निर्णय गर्नु भएको बताइएको छ ।

भारत दक्षिण कोरियाको आठौँ ठूलो निर्यात बजार भएको जनाइएको छ । सन् २०१६ मा भारतमा कोरियाको ११.६ अर्ब अमेरिकी डलर बराबरको निर्यात भएको जनाइएको छ । रासस/योन्हाप



प्रतिक्रिया दिनुहोस्

Screenshot