Logo

निर्वाचन आयोगको निर्णय : तीन प्रदेशको उम्मेदवारी दर्ता ४ गते गर्ने



काठमाडौं, १ असार । निर्वाचन आयोगले तीनवटा प्रदेशको चुनावको मनोनयन दर्ता असार ४ गते सारेको छ ।

आयोगले १, ५ र ७ नम्बर प्रदेशको उम्मेदवारी दर्ता यही असार ४ गते आइतबार गर्ने निर्णय गरेको हो । यसअघि भोलि शुक्रबारदेखि मनोनयन दर्ता गर्ने कार्यतालिका थियो ।

तर, सरकारको आग्रहअनुसार मनोनयन दर्ताको मिति दुई दिन पछि सारिएको निर्वाचन आयोगले जनाएको छ । सरकारले दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७ नम्बर प्रदेशको चुनाव गराउँदै छ । दुई नम्बर प्रदेशको चुनाव भने तेस्रो चरणमा आगामी असोज २ गते गर्ने सरकारले निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्