Logo

निर्वाचनविरुद्ध लाग्ने छुट कसैलाई छैन : लेखक



नेपालगन्ज, १ असार । नेपाली काँग्रेसका नेता रमेश लेखकले निर्वाचनसँग जनताको अधिकार जोडिएकाले त्यसविरुद्ध लाग्ने छुट कसैलाई नभएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयन र विशिष्टताको अहिलेको राजनीतिक अवस्थालाई संस्थागत गर्न निर्वाचनको अन्य विकल्प खोजिनु हुँदैन ।”

संविधान संशोधनको माग लिएर अहिले आन्दोलनमा रहेको राष्ट्रिय जनता पार्टी नेपाललाई समेत निर्वाचनमा सहभागी गराउन सरकार र राजनीतिक तहबाट भइरहेको प्रयास निष्कर्षमा पुग्नेमा आपूm विश्वस्त रहेको उहाँको भनाइ छ ।

यसैबीच स्थानीय तह निर्वाचनको प्रचारप्रसारलाई टेवा पु¥याउने उद्देश्यले काँंग्रेसले आज यहाँ स्थापना गरेको क्षेत्रीय मिडिया डेस्कको नेता लेखकले उद्घाटन गर्नुभयो । त्यस अवसरमा नेता लेखक, जिल्ला सभापति किरण कोइराला, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्