Logo

न्यायाधिशलाई जेल हालिएकोमा राष्ट्रसङ्घीय अदालतको आपत्ति



द हेग, १ असार । टर्कीका प्रधानन्यायाधिशलाई सात बर्ष जेल सँजाय तोकिएकोमा संयुक्त राष्ट्रसङ्घको अदालतले टर्कीको आलोचना गरेको छ ।

गत बर्ष भएको असफल विद्रोहमा सहयोगी भएको अभियोगमा उच्च प्रधानन्यायाधिशलाई टर्कीले बिहीबार जेल सँजायको तोकेको थियो ।

अन्तर्राष्ट्रिय अपराध न्यायधिकरणको राष्ट्रसङ्घीय संयन्त्रमा आवछता रहेका अवकास प्राप्त राजदूत समेत रहेका अयदिन सेफा अकायलाई बुधवार सात बर्ष छ महिनाका लागि जेल सजाँए तोकिएको थियो ।

अन्तर्राष्ट्रिय अदालतका अध्यक्ष न्यायाधिश थेओडोर मेरोनले टर्कीका अधिकारीहरुको यो कदम प्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।अकायलाई ‘आतङ्ककारी सैन्य समुहको सदस्य’ भन्ने आरोप लगाइनुका साथै फेतुल्लाह गुलेनको संगठनमा अवैध सम्बन्ध राखेको भनिएको छ ।

तर अकायले भने आफु विरुद्ध लगाइएको आरोपहरुको पूर्ण रुपमा खण्डन गर्नुभएको छ । उहाँलाई गत बर्षको सेक्टेम्बरमा गिरफ्तार गरिएको थियो । टर्कीका फेतुल्लाह गुलेनको संगठनलाई सहयोग गरेको अभियोगमा सयौं सरकारी अधिकारीहरु माथी कारबाही भएको छ । रासस/एएफपी



प्रतिक्रिया दिनुहोस्

Screenshot