Logo

पाईसकेको टिकट खोसिएपछि उम्मेदवारद्वारा आत्महत्या



काठमाडौं २ असार । माओवादी केन्द्रका पूर्वउम्मेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन् । माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका–१६, उदयपुरको खुला वडा सदस्य उम्मेदवार बनेर खोसिएका जातेसिद्रेका ३५ वर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन् ।

श्रेष्ठ घरनजिक रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा बिहान झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागुले बताए ।

श्रेष्ठलाई पार्टीले टिकट दिइसकेपछि वडामा वृहत कार्यक्रम आयोजना गरी उम्मेदवार सार्वजनिक गरिएको थियो । उम्मेदवार भई भोट मागिरहेका अवस्थामा पार्टीले बिनाजानकारी टिकट खोसेर धौरीका राजकुमार तामाङलाई उम्मेदवार बनाएपछि श्रेष्ठले अपमान महसुस गरेर आत्महत्याको बाटो रोजेका हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।



प्रतिक्रिया दिनुहोस्