Logo

निर्वाचन स्थगित् भएपछिको अवस्थाबारे निर्णय लिन राजपाको बैठक जारी



काठमाडौं, २ असार । सरकारले दुई नम्बर प्रदेशको निर्वाचन सारेपछिको परिस्थतिबारे नयाँ रणनीति बनाउन राष्ट्रिय जनता पार्टी नेपालको बैठक अहिले पनि जारी छ ।

अपरान्ह साढे एक बजेबाट सुरु भएको बैठकले आन्दोलनलाई नयाँ तरिकाले अघि बढाउने विषयमा छलफल भैरहेको बैठकमा सहभागी एक नेताले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।
उनका अनुसार सरकारसँग सहमति भएको भनेर चर्चा चलाइएको भएपनि उक्त निर्णयमा आफूहरुको कुनै सहमति नभएकोले प्रदेश नम्बर २ को निर्वाचनमा सहभागी हुने वा नहुने भन्नेबारेमा आज आधिकारिक निर्णय राजपा नेपालले गर्ने भएको छ । बैठक पूराना तमलोपा कार्यालय बिजुलीबजारमा जारी छ ।

तस्विर : मुकुन्द कािलकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot