Logo

राजपा नेताहरु २ नम्बर छाडेर पश्चिमतिर



काठमाडौं ३ असार । राष्ट्रिय जतना पार्टी नेतृत्वको संघीय गठबन्धनले ५ नम्बर प्रदेशमा आन्दोलन चर्काउने निर्णय गरेको छ । २ नम्बर प्रदेशको निर्वाचन एकतर्फी रुपमा सारेको र ५ नम्बर प्रदेशमा निर्वाचन गराउन लागेको भन्दै राजपासहित संघीय गठबन्धन ५ नम्बरमा केन्द्रित भएर आन्दोदन चर्काउने निर्णय गरेको छ ।

त्यसका लागि राजपा अध्यक्ष मण्डलका नेताहरु शनिबार पश्चिमका जिल्लाहरुमा जाने भएका छन् । यसअघि घोषित आन्दोलनका कार्यक्रमलाई यथावत राख्दै राजपाले मनोनयन दर्तालाई विथोल्न आइतबार पनि आमहड्तालको घोषणा गरेको छ । थप कार्यक्रम अनुसार शनिबार झापादेखि पश्चिमको कञ्चनपुरसम्म मशाल जुलुल प्रदर्शन गरिने राजपाका नेता अनिल झाले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot