Logo

माओवादीले दोस्रो चरणको निर्वाचनमा ४० प्रतिशत स्थानमा विजयी हाँसिल गर्छ : विडारी



काठमाडौं, ५ असार ।सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले चुनावमा कति प्रतिशत जित्ने या नजित्ने भन्ने कुरा ज्योतिषीले बताउने कुरा भएको भएपनि आफ्नो पार्टीले ४० प्रतिशतभन्दा बढि स्थानमा दोस्रो चरणको निर्वाचनमा विजयी हाँसिल गर्ने दाबी गरे ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘माओवादी केन्द्रले पहिलो चरणको निर्वाचनभन्दा राम्रो गर्छ, भोट हाँल्ने जनताले हो, अहिले नै यस्तो दाबी गर्नुहुँदैन्, तर पश्चिम, सुदुरपश्चित पुर्वमा चुनाव हुँदैछ, हामी दोस्रो चरणको निर्वाचनमा ४० प्रतिशतभन्दा बढि स्थानमा जित हाँसिल गर्छौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले विभिन्न आन्दोलन, जनयुद्ध, र संघर्षबाट प्राप्त उपलब्धिहरु संस्थागत गर्नको लागि पनि चुनाव अनिवार्य भएकोले चुनाव संघीयता, धर्मनिरपेक्षता, समावेशी–समानुपातिक, गणतन्त्रको पक्षमा भैरहेकोले कसले जित्छ वा हार्छ भन्नु त्यति महत्वको विषय नभएको बताए ।

उनले भने,‘उपलब्धिहरु संस्थागत हुँदैछन्, जनताबाट अनुमोदन हुँदैछन्।’नेता विडारीले राजपाले चुनाव विरोधको नाममा आफ्नो पार्टी कार्यालयमा आगलागी गर्ने, तोडफोड गर्नेजस्ता गलत कार्य गरेको भन्दै घोर आपत्ति जनाए । उनले भने,‘चुनाव बहिष्कार गर्ने तपाईहरुको जति अधिकार छ, त्यति नै अधिकार भोट हाल्नेहरुको पनि छ।’

उनले संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि दुई तिहाई चाहिने भएकोले त्यसको पक्षमा जग हाल्नको लागि पनि चुनावमा आफ्ना एजेण्डा लिएर जानुपर्ने बेला राजपाले चुनाव बहिष्कार गरेर गलत गरेको टिप्पणी गरे ।

फरक प्रसंगमा उनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चुनावमा भाग लिएर गलत नगरेको स्पष्ट पार्दै भने,‘उपेन्द्र यादवले ठिक गरेका छन्, उनले नेपाल र नेपालीहरुको अधिकार प्राप्तको लागि चुनावमा भाग लिएका हुन्।’ उनले संविधान संशोधन प्रस्ताव पारित गराउनको लागि वर्तमान सरकार लागिपरिरहेको समेत जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्