Logo

निर्वाचन पछि धकेल्न खोजेको नेम्वाङको आरोप



इलाम, ६ असार । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले जिल्लाको पश्चिमी क्षेत्र लागि केन्द्रमा समेत पहल गरिने बताएका छन् ।

एमाले फाकफोकथुम गाउँपालिकाले– ४ मा आयोजना गरेको चुनावी आमसभालाई आज सम्बोधन गर्दै उनले सो क्षेत्र विकासको दृष्टिकोणले ज्यादै पछि परेकाले आफू यसको विकास लागि प्रतिबद्ध रहेको बताए ।

वर्तमान सरकारले विभिन्न बहानामा निर्वाचनको मिति सार्ने पक्षमा कोशिस गर्दागर्दै पनि एमालेको दबाबका कारण त्यो सम्भव नभएकाले बाध्य भएर निर्वाचनमै जानुपरेको जिकिर उनले गरे ।

पूर्वसभामुख नेम्वाङले राजपाको बहाना बनाएर सरकारले निर्वाचन पछि धकेल्न खोजेको आरोपसमेत लगाए । रासस



प्रतिक्रिया दिनुहोस्