काठमाडौं, ७ असार । संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिबजी यादबले यो निर्वाचनले सहमतिको बाताबरण बनाएको दाबी गरेका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले निर्वाचनले राजनीतिमा सहमतिको लागि वातावरण सहज बनाउने र मधेशको समस्या समाधानमा सहयोग र्पुयाउने विश्वास दिलाए ।
क्लबका सभापति ऋषि धमलाको सभापतत्विमा आयोजित साक्षात्कारमा उनले आफ्नो पार्टी निर्वाचनमा भाग लिँदा राजपाका केही नेताहरुले गैर–राजनैतिक अभिव्यक्ति दिएको आरोप लगाए । उनले भने,‘मनिष सुमनजीले आरोप लगाएको कुरा बाहिर आएको छ, तर यो गैर–राजनीतिक भाषा हो, यसले उहाँकै मुखमा छिट्टा पारेको छ।’
यादवले निर्वाचनमा राप्रपा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग कार्यगत तालमेल हुन नसक्ने बताए ।